राजदूतमा सिफारिस तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राजदूतमा सिफारिस तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु


१७ कार्तिक २०७८, बुधबार


संसद् सेवा

काठमाडौँ । सरकारले राजदूतमा सिफारिस गरेका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

भारतको राजदूतमा शंकरप्रसाद शर्मा बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूतमा श्रीधर खत्रीलाई पठाउन मन्त्रिपरिषदबाट सिफारिस भएको थियो ।

सङ्घीय संसद् सचिवालयले आज (बुधबार) सूचना निकालेर राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएकाहरूविरूद्ध उजुरी भए दिनका लागि आह्वानसमेत गरेको छ ।

राजदूतमा पदमा उनीहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित कात्तिक २६ गतेभित्र संसदीय सुनुवाइ समितिको कार्यालयमा उजुरी दिनसमेत भनिएको छ ।

प्रस्तावित राजदूतहरूविरूद्ध उजुरी आएपछि त्यो अध्ययन गरेर संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने गर्छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस