‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द हुँदै


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ।

आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो ।

कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले कार्यक्रम बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिएका छन् ।

‘पात्रहरूले पनि धोका दिए। एउटा रियालिटी शो लामो समयसम्म गरिसकेपछि बिचमा केही समय ब्रेक लिनुपर्ने रहेछ। अरूले पनि निश्चित भागको प्याकेज गर्दा रहेछन्। तर मैले ११ वर्षसम्म जिरे खुर्सानी बनाइरहेको भएकाले चलिरहेको छ, लैजाऊ न भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन। जसोतसो यहाँसम्म ल्याइयो अब चैँ ब्रेक गरौँ भन्ने निर्णय भयो’, नेपालले भने।

अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रम नै अन्तिम हुने उनले जानकारी दिए।

यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भएमा फेरि पनि आउन सक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

Tags :
प्रतिक्रिया दिनुहोस