नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपालगन्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

आज (मंगलबार) बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

बिहान भएको दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस