काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका छन् ।
सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा। मनोजकुमार शर्मालाई पठाएका थिए ।
छलफलका क्रममा सोमबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको छ । तर बन्दीप्रत्यक्षीकरण बाहेक थुनुवा जोडिएका र पुराना मुद्दा सुनुवाई गर्ने भनी हल्ला चलेपछि त्यो यथार्थ नभएको बताइएको छ ।