यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, छ जनाको मृत्यु, कैयौँ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, छ जनाको मृत्यु, कैयौँ घाइते


१४ कार्तिक २०७८, आइतबार


आदेन। यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ ।

त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्वारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठुलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पुर्‍याइएको छ । त्यसै गरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन ।

तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशङ्का गरेका छन् ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब सहर यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ ।

तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस