मल्दिभ्सले दिएको खोप आज नेपाल आइपुग्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मल्दिभ्सले दिएको खोप आज नेपाल आइपुग्ने


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज (आइतबार) नेपाल आइपुग्ने भएको छ ।

माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।

खोप आज बेलुका कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस