२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब वृद्धि नहुँदा डोटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

अ+ अ-

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

पालिकाले सरकारको निर्णयअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ ।

जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।

कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्यौलता कायमै रहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले बताए ।

गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस