सीईओका लागि दरखास्त आह्वान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सीईओका लागि दरखास्त आह्वान


१३ कार्तिक २०७८, शनिबार


काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएसँगै नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो ।

बुक बिल्डिङमार्फत साधारण शेयर(आइपिओ) निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर साउदको श्रीमतीको नाममा भेटिएपछि उनी विवादमा तानिएका थिए ।

सर्वोत्तमकै शेयर खरिद विवादमा परेका नेपाल धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई भने सरकारले बर्खास्त गरेको थियो ।

बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पनि सरकारले दरखास्त आह्वान गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस