२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उनले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गरे ।

सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिक आन्दोलन मार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नु पर्छ ।’ प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उनले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गरे । आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘संविधान, सङ्घीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चार माध्यमको पक्षमा म हुने छैन ।’ गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उनले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको उल्लेख गरे ।

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भए पनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे । उनले भने, ‘मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढङ्गले ठिक काममा लगाउँला ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताए । उनले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गरे । प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रको हितमा पत्रकार महासंघ सधैँ रहने उल्लेख गरे । पत्रकार महासंघ सुद्धिकरणका लागि तयार रहेको भन्दै उनले जिल्ला अध्यक्षलाई यस काममा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका प्रदेश सह–संयोजक शिशिर सिंखडा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रदेशका १० जिल्लाका महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता छ । भेलाले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तीन वर्षे कार्ययोजना बनाउने छ ।

प्रतिक्रिया दिनुहोस