२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए । ‘बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौँ।’

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए । ‘हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ’, उनले भने, ‘चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।’ ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ ।

उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाए । ‘यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए’, उनले भने, ‘तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिँदैन ।’

मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताए । ‘केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो’, उनले भने, ‘१० हजारको बिल बढाएर अस्पतालले ९० हजार पनि पुर्याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।’

मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए । ‘अहिले लोपोन्मुख र अल्पसङ्ख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु’, उनले भने, ‘लोपोन्मुख र अल्पसङ्ख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ ।’ स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक तीन हजार ५०० को बिमा गरे एक लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ ।

मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने दृढता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस