केयूलाई नर्वेले ३० करोड ६० लाख सहयोग गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

केयूलाई नर्वेले ३० करोड ६० लाख सहयोग गर्ने


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौँ विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेस आइडियाका लागि रकम उपलब्ध गराउने छ ।

यो सहयोगबाट आंशिक रुपमा १५ पीएचडी र ३० एमएससी विद्यार्थीहरुको शोधमा सहयोग पुग्ने विश्वास छ ।

नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रमा शोध गर्न चाहने जोसुकै नेपालीले यो प्रोग्राम अन्तर्गत सहयोग लिन सक्ने इनर्जाइज नेपालका असिस्टेन्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए ।

यस सम्बन्धी कार्यक्रम काठमाडौँ विश्वविद्यालयमा सन् २०१६ जुलाई महिनादेखि जारी छ । अघिल्लो पटकको सम्झौता आगामी डिसेम्बर महिनामा सकिँदै थियो ।

अहिले पुनः तीन वर्षका लागि सहयोग सम्बन्धी सम्झौता थप भएको सन्जेलले जानकारी दिए । सहयोगसम्बन्धी सम्झौता गत मंगलबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस