२४ घण्टामा ६७२ जनामा संक्रमण, ४९० जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा ६७२ जनामा संक्रमण, ४९० जना संक्रमणमुक्त


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४९० जना संक्रमणमुक्त भएका छन् भने, ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौँ जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस