मोरङबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोरङबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । मोरङमा ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

रतुवामाई नगरपालिका वडा नम्बर ३ छालगाछीबाट प्रहरीले ३० वर्षीय धर्बेन्द्र शर्मालाई ९४ तोला चाँदीसहित पक्राउ गरेको हो।

हिजो (मंगलबार) बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीसहित उनलाई पक्राउ गरेको हो। उनले सो चाँदी तार बनाएर राखेका थिए।

पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस