सल्यानमा जीप दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सल्यानमा जीप दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्।

सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ९३० नम्बर जीप बुधबार बिहान ९:२० बजेतिर कुमाख गाउँपालिका वडा नं. २ धावनखोला नजिक दुर्घटनामा पुरेको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए।

घाइतेको उद्धारपछि उपचारका लागि सल्लीबजारतर्फ पठाइएको र गम्भीर घाइतेहरूलाई बाँकेतर्फ पठाइएको डिएसपी थापाले बताए।

जीप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस