२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर, सप्तरी र महोत्तरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ ।

हिजो (मंगलबार) बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ४५ वर्षीय पदमबहादुर विकको मृत्यु भएको हो ।

विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रिक्सा चालक भने सकुशल छन् ।

यसैगरी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको छ ।

पैदल हिँडिरहेकी भगतलाई गए राति साढे ११ बजे बसले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र बसको चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरीको पिपरा गाउँपालिका ५ मा मंगलबार साँझ ज १२ प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट सिन्धुलीको मरिण गाउँपालिका १ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका भुजेललाई हिजो साँझ साढे ६ बजे स्कुटरले ठक्कर दिएको र भुजेलको उपचारको क्रममा जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरसहित चालकलाई इलाका प्रहरी कार्यालय सहोडवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस