शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्कोका नेपाल प्रमुख माइकल क्रर्याफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।

युनेस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका छन् । ‘नेपाल प्राकृतिक एवम् सांस्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने, ‘हामी नेपालमा काम गर्न आएका हौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् ।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए । मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए ।

‘दुईपक्षीय छलफल गरेर ठोस् कार्यक्रम तयार गछौं,’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।’ मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा युनेस्कोग्राम र संग्रालय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ ।

भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा।बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा।बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस