साउदी अरेबियाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साउदी अरेबियाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी


८ कार्तिक २०७८, सोमबार


आदेन । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बम बारी भएको छ ।

सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बम बारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो ।

उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।

तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो सहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बम बारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरुले सङ्घर्ष गर्ने गरेका छन् ।

उनीहरुले खास गरी तेलको धनी भएकाले यही सहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो सहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस