भारतमाथि पाकिस्तानको ऐतिहासिक जित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ। विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबईमा गए राति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो ।

टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो अवसर हो । गए राती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

उसका लागि विराट कोहलीले सर्वाधिक ५७ रन जोड्दा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेटले लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो ।

पाकिस्तानको लागि मोहोमद रिजवानले अविजित ७८ रन तथा कप्तान बाबर आजमले ६८ रनको योगदान दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस