स्वास्थ्य सेवा विभागको महानिर्देशकमा सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा सिंह


७ कार्तिक २०७८, आइतबार


काठकाडौँ । डा. दिपेन्द्ररमण सिंह फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका छन् । डा. सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको साढे दुई महिना नबित्दै पुनः जिम्मेवारी दिइएको हो ।

त्यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सिंहको ठाउँमा कान्तिबाल अस्पतालका निर्देशक डा. आरपी बिच्छालाई नियुक्त गरेका थिए ।

डा. बिच्छाले अवकाश पाउन तीन महिना बाँकी रहँदा प्रधानमन्त्री देउवाले विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएका थिए । नियमअनुसार अवकाश पाउन एक वर्ष बाँकी हुँदा सरुवा गर्न नपाइने अवस्थामा पनि नियम मिच्दै बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

११ औं तहका डा.विच्छाले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकाश पाएका छन् भने स्वास्थ्य मन्त्रालयमा तानिएका डा. सिंहले आजैबाट महानिर्देशकको जिम्मेवारी सम्हालेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस