काँग्रेस नेता आलमको मुद्दामा आज पनि सुनुवाइ भएन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेता आलमको मुद्दामा आज पनि सुनुवाइ भएन


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन ।

सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ ।

विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीश द्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस