२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न सुदूरपश्चिम जाँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज (बिहीबार) सुदूरपश्चिम प्रदेश जाँदै छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले उद्धार, राहत र पुनर्स्थापनामा सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम जान लागेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा भएको धनजनको क्षतिका सम्बन्धमा जानकारी लिनेछन् ।

प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षणमा जाँदै छन् । काँग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत जाने तयारीमा छन् ।

प्रधानमन्त्री देउवा सम्भव भएसम्म बिहीबार नै कर्णाली प्रदेशमा पनि पुग्ने तयारी छ, प्रधानमन्त्री देउवा निजी सचिव भानु देउवाका अनुसार मौसम प्रतिकूल भएन भने प्रधानमन्त्री देउवा कर्णाली प्रदेशका बाढी प्रभावित जिल्लाको निरीक्षणमा समेत जानेछन् ।

केही दिनयता आएको वर्षासँगै मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानका सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा सरकार सम्बद्ध दलका नेताहरूको बैठक बसेको छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम र विपत् प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनामा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस