२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमाले र माओवादीलाई महाधिवेशनको चटारो

अ+ अ-

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्।

दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैँ सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्।

एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन्।

कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ। मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दै छ।

कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ। अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट मापदण्ड पठाइने तामाङले बताए।

‘वडा र स्थानीय तहको अधिवेशनका लागि केही मापदण्ड केन्द्रबाट जान्छ, बाँकी जिल्ला कमिटीले विधानअनुसार निर्णय गर्छ’, उनले भने। तामाङका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन पनि गर्नेछ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सय वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकै पटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिने गरी तयारी गरेको छ।

एमालेको विधानअनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो। त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छ।

प्रतिक्रिया दिनुहोस