पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्‍यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्‍यु


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ नमुनाको पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १०९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । मंगलबार १ हजार ४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा ७ लाख ८३ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् । जसमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा रहेका छन् भने ९४९जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस