२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान

अ+ अ-

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष रु ४६ लाख छ हजार ५६९ किसानलाई उपलब्ध गराइएको छ ।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् ।

नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरे। अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए ।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले रु नौ लाख ९४ हजार ६४५, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले रु पाँच लाख ६६ हजार १०१, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले रु चार लाख पाँच हजार ९४४, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले रु तीन लाख नौ हजार ५७५ प्राप्त गरेको छ ।

गत वर्ष नगरपालिकाले रु ४५ लाख ९८ हजार ८२१ अनुदान रकम वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सिधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको जानकारी दिए ।

यस्तै शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस