गण्डकीमा डोबाटे विश्वकर्मा विना विभागीय मन्त्री नियुक्त « प्रशासन
Logo ९ कार्तिक २०७८, मंगलबार
   

गण्डकीमा डोबाटे विश्वकर्मा विना विभागीय मन्त्री नियुक्त


२५ आश्विन २०७८, सोमबार



पोखरा । गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सोमबार बिहान सांसद डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।

डोबाटेलाई मन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ ।

कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस