प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन्।

आज (आइतबार) पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो।

प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन्।

प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। देउवा आज पोखरा नै बस्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस