प्रधानमन्त्री देउवा आज पोखरा जाँदै « प्रशासन
Logo १३ जेष्ठ २०७९, शुक्रबार
   

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै


२४ आश्विन २०७८, आइतबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्।

गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्।

देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्।

आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा काँग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्री देउवा आज पोखरामै बस्ने कार्यक्रम छ भने पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण भोलि (सोमबार) गर्ने कार्यक्रम पनि तय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस