२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी

अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताए ।

उद्योग व्यापार सङ्गठन तिलोत्तमाको सातौँ साधारणसभा एवं चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकारले पछिल्लो चरणमा उद्योगमैत्री बजेट ल्याएको दाबी गरे।

उनले राजनीतिक सङ्कट र कोभिडको सङ्क्रमणबाट थलिएको लुम्बिनी प्रदेश अहिले समृद्धितर्फ उन्मुख भएको बताए। मुख्यमन्त्री केसीले प्रदेश कोराना महामारीबाट निकै प्रभावित भएकाले अर्थतन्त्र चलायमान हुन नसक्दा केही समय समस्या भए पनि अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत् महसुल र राजस्वमा छुट दिन सकिने बताए ।

अब किसानका समस्या हल हुन्छन् : कृषिमन्त्री रायमाझी

लुम्बिनी प्रदेशका कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले किसानका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आफू बिनाविभागीय मन्त्री हुँदा प्रदेशका विभिन्न जिल्लामा कृषकसँग छलफल गरी समस्या पहिचान गरेको जनाउँदै ती समस्या समाधानका लागि पहल गर्ने उल्लेख गरे ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफरलगायत सङ्घसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गरिन् । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा महेन्द्र लोहनीले कृषको आयआर्जन वृद्धि गर्न दुग्ध तथा मासु तथा अन्य कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आएको बताए ।

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले हेफरको कार्यक्रमबाट नेपालमा करिब तीन लाख परिवार लाभाविन्त भएको दाबी गरे । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस