सरकारले सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारले सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । सेरम इन्स्टिच्युट अफ इन्डियासँग सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज (शनिबार) आउने भएको छ।

नेपाल सरकारले साढे सात महिनाअघि खोप खरिद गरेको थियो।

खोप आज (शनिबार) दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. सागर दालालले बताए।

नेपालले गत ५ फागुनमा सेरसमसँग प्रतिडोज चार अमेरिकी डलरका दरले २० लाख डोज खरिद गर्ने सम्झौता गरेको थियो।

सम्झौताअनुसार १० लाख डोज त्यस बेला नै आएको थियो। १० लाख डोज आउन बाँकी थियो। समयमै खोप नआउँदा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित करिब १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए।

यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यस लगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोभिसिल्ड पठाएको थियो।

त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस