पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा


२३ आश्विन २०७८, शनिबार


पाँचथर । स्वास्थ्यकर्मीको सुरक्षा तथा अस्पतालको पुनर्निर्माणको माग गर्दै पाँचथर जिल्ला अस्पतालमा सबै प्रकारका सेवा बन्द गरिएको छ।

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले काम बन्द गरेपछि स्थानीय सेवाग्राही भने मर्कामा परेका छन् ।

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले गत बिहीबार अस्पतालमा आगजनी गरेपछि सेवा बन्द गरिएको हो ।

आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेकाले सेवा बन्द गरिएको अस्पतालका हेल्थ असिस्टेन्ट सोम धितालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस