एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

पार्टीको आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि आवश्यक कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए ।

बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस