प्रकाशशरण महतसहित काँग्रेसका नेताहरू आज दिल्ली जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाशशरण महतसहित काँग्रेसका नेताहरू आज दिल्ली जाँदै


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको प्रतिनिधिमण्डल आज (बिहीबार) दिल्ली जाँदै छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर सह महामन्त्री प्रकाशशरण महत, उदय शमशेर राणा र अजय चौरासिया भारत जान लागेका हुन् ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्।

उनीहरु आज बिहान ११ बजेपछि भारत प्रस्थान गर्ने जबराले जानकारी दिए।

भाजपाका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणमा टोली त्यसतर्फ जान लागेको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस