२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नम्बरप्लेट स्पष्ट नदेखिए पनि कारवाही

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ ।

दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष जाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

यस्ता गाडी दुर्घटना हुँदा नम्बर टिप्न र प्रहरीलाई खबर गर्न समस्या हुने गरेको तथा त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको उनले बताए । कतिपय त्यस्ता मोटरसाइकल तीव्र गति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्दै हिँड्ने गरेको पाइन्छ भने हराउँदासमेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ ।

सम्पूर्ण सवारीधनीलाई सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्थासमेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाटलगायतका आपराधिक क्रियाकलाप रोक्न यस अभियानले सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्ता तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस