अर्जेन्टिनामा आगलागीमा परी चार बालबालिकासहित सात जनाको जलेर मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्जेन्टिनामा आगलागीमा परी चार बालबालिकासहित सात जनाको जलेर मृत्यु


२० आश्विन २०७८, बुधबार


बेनोस एरिस । अर्जेन्टिनाको बाहिया ब्लान्सा सहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ ।

एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस