प्रकाशशरण महतसहित काँग्रेसका नेताहरू भारत जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकाशशरण महतसहित काँग्रेसका नेताहरू भारत जाने


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतसहित काँग्रेस नेताहरू उदय शमशेर राणा र अजय चौरासिया भोलि (बिहीबार) दिल्ली जान लागेका छन्।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा आफूहरू दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले जानकारी दिए।

काँग्रेसका नेताहरू भोलि (बिहीबार) देखि चार दिन नयाँ दिल्लीमा रहनेछन्।

चौरासियाका अनुसार असोज २५ मा स्वदेश फर्किने कार्यक्रम छ। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद बनाउन भ्रमण गर्न लागिएको काँग्रेसले जनाएको छ।

दिल्लीमा रहँदा क-कसलाई भेट गर्ने भन्ने एकिन भई नसकेको चौरासियाले बताए।

सह महामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस