पछिल्लो २४ थप १०३० जनामा कोरोना पुष्टि, १० जनाको मृत्‍यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ थप १०३० जनामा कोरोना पुष्टि, १० जनाको मृत्‍यु


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ ।

त्यसैगरी बितेका २४ घण्टामा १ हजार जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमित मध्य ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस