२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । हेलम्बु एजुकेसन एन्ड लाइब्लिहुड पार्टनरसिप (हेल्प) ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए ।

छात्रवृत्ति छनोटका लागि विद्याथीहरुबाट तीन वटा निबन्धसँगै विद्यालय र सम्बन्धित वडाको सिफारिससहित अन्तर्वार्ता लिइएको थियो । छात्रवृत्तिका लागि १५० जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्ति प्राप्त गर्न सफल ३५ जना विद्यार्थीले जनही ५० हजार बराबर सहयोग पाउनेछन् ।

यसका अतिरिक्त यो वर्ष कोभिड महामारी र बाढी–पहिरोका कारण पीडित थप २० जना विद्यार्थीलाई जनही १५ हजारका दरले एक वर्षे ९राहत सहयोग० समेत दिइएको छ ।

यसवर्ष सातकन्या माविकी संगीता तामाङलाई ५५ हजार रुपैयाँ बराबरको विशेष छात्रवृत्ति प्रदान गरिएको छ । अस्वस्थ बुवाआमा, कमजोर परिस्थिति भएपनि पढ्ने उनको धोको पूरा गर्न हेल्पले विशेष छात्रवृत्ति प्रदान गरेको हो ।

हेल्पले यो वर्ष संस्थाका संस्थापकमध्ये एक र श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेलम्बु–२ सुगेन्चे निवासी छिरिङ्ग लामालाई ‘शैक्षिक सम्मान’ द्वारा विभूषित गरेको छ ।

छिरिङ्गले १० वर्षदेखि निरन्तर रुपमा श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयको चौतर्फी शैक्षिक विकासको लागि उल्लेखनीय योगदान दिँदै आएका छन् ।

हेल्पबाट हालसम्म ५३० जना विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस