भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धी प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धी प्रहरीको नियन्त्रणमा


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।

आज (सोमबार) बिहान करिब साढे पाँच बजे उत्तर प्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो ।

गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर काँग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो ।

प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेश काँग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस