काठमाडौँ। इटालीको मिलानमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
इटालीको सार्डियाना टापुको लागि उडान भरेको विमान उड्ने बित्तिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका कारण सो भवनको पार्किङमा राखिएका दर्जनौँ कारहरुमा आगलागी भई ध्वस्त भएका छन् ।
रोमानियाका ६८ वर्षीय पाइलट अरबपति डान पेटेस्कु स्वयम चालक रहेको विमानमा मृत्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् ।
उड्ने बित्तिकै विमानको इन्जिनमा आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान थालिएको छ ।