एमाले विधान महाधिवेशन : आज पत्रकारलाई पनि प्रवेश अनुमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले विधान महाधिवेशन : आज पत्रकारलाई पनि प्रवेश अनुमति


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । विधान महाधिवेशनको हलमा आज (आइतबार) पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् ।

विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु सुरुदेखि नै सहभागी छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

यसैगरी महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस