कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । कतारमा हिजो (शनिबार) पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ।

अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो।

अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आम चुनाव भएको हो। शनिबारको चुनावमा ४४ प्रतिशत मतदान भएको थियो।

३० सिटका लागि भएको चुनावमा २३३ जना उम्मेदवार थिए। तीमध्ये २६ जना महिलाले पनि चुनावमा प्रतिस्पर्धा गरेका थिए।

मतदान गर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै बुथ बनाइएको थियो।

सुरा काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्ने गर्छन्। सुरा काउन्सिलले राज्यका केही कानुन र बजेट पारित गर्छ। प्रतिरक्षा, सुरक्षा, आर्थिक र लगानीसम्बन्धी नीतिमा भने उसले कुनै राय दिन सक्दैन।

कतारमा राजनीतिक दलहरू छैनन्। शनिबार पहिलो पटक विधायक छान्न मतदान गरेका धेरैले नौलो अनुभव भएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस