२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेवा किनारमा विश्वस्वास्थ्य सङ्गठनको ‘वाक द टक’

अ+ अ-

पोखरा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ ।

डब्लुएचओका नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादीसम्मको करिब दुई किलोमिटर फुटट्र्याकमा हिँड्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए । उनले विश्वभरि नै कोभिड–१९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उल्लेख गर्दै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए ।

सोही क्रममा डा पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । उनले भने, ‘पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दा रहेछन् ।’ ‘वाक द टक’ कार्यक्रमले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । डा पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

डब्लुएचओको ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु गरिएको हो । उक्त अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओको नेपालस्थित सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिकरुपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिसँगको रिभ्यू कार्यशाला चलिरहेको छ । सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिसहितको टोलीले फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको हो ।

व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने उहाँले बताउनुभयो । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देश दिन फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको भनाइ थियो । पदयात्रा अघि कार्यक्रममा सहभागीले फेवा किनारमा योग ध्यानसमेत गरेका थिए । डब्लुएचओका प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र, सङ्घसंस्था र प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस