काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क)मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा ध्यानाकर्षण भएको छ ।’
कोभिड सङ्क्रमण फैलन नदिनका लागि पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र पूर्व सतर्कताका सम्बन्धमा मात्र आदेश जारी गरिएको भएपनि केही भ्रमपूर्ण समाचार प्रकाशन भएसँगै विहीवार साँझै गृह मन्त्रालयले समेत विज्ञप्ति जारी गरेको थियो ।
सम्बन्धित समाचार : प्रशासनको आदेशबारे अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण
सम्बन्धित समाचार : पुरानै आदेशको निरन्तरतामा के को कोलाहल ?
काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रचितलि कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिकरसास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाएको स्पष्ट पारेको छ ।
