अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशले पाए सफाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशले पाए सफाइ


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । चार पूर्व प्रधानन्यायाधीशले २०७७ पुस २४ गते संयुक्त विज्ञप्ति निकालेर पुस ५ गते भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस