नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्व भिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिसम्म बस्नका लागि पर्यटकले नियम अनुसारको शुल्क भने तिर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस