२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानै आदेशको निरन्तरतामा के को कोलाहल ?

अ+ अ-

काठमाडौँ । कोरोना महामारीसँगै शुरु भएको बन्दाबन्दीपछि सरकारले जिल्ला प्रशासन कार्यालयहरूमार्फत रोकथाम तथा नियन्त्रणका लागि विभिन्न आदेशहरू जारी गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी एउटा आदेश जारी गर्‍यो, जुन यसअघिकै आदेशहरूको निरन्तरता हो । मात्र प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर फेरिएको छ ।

तर हल्ला यस्तो फिजाईयो कि काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट कुनै नौलो आदेश जारी भयो र त्यो संविधान विपरीत छ । केही मिडियाहरुलेसमेत आदेश राम्ररी नपढी र यसअघिको आदेशसमेत नहेरी समाचार लेखे, जसले गर्दा गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर स्पष्ट पार्नुपर्‍यो ।

सम्बन्धित समाचार : प्रशासनको आदेशबारे अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

कोरोना महामारी अझै रोकिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक जसो दिन सार्वजनिक गर्ने तथ्याङ्क हेर्ने हो भने पनि २४ घण्टामा हजार बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो समय प्रमुख जिल्ला अधिकारीबाट जारी हुँदै आएका आदेशहरूमा महत्त्वपूर्ण बुँदा रहँदै आएको छ ‘कोभिड-१९ को सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने/नगराउने’ । र, बिहीबार(हिजो)को आदेशमा क मा पनि ‘कोभिड-१९ को सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने/नगराउने’ भन्ने नै उल्लेख छ ।

तर, सो बुँदालाई अनावश्यक राजनीतिकरण गर्दै हिँडडुलमा नै रोक लगाए झैँ गरी फैलाइयो । जुन विरोधका लागि विरोध मात्रै थियो भन्ने कुरा यी दुई आदेशले नै प्रस्ट्याउँछ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीबाट भदौ १६ गते जारी आदेश

हालका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा असोज १४(हिजो) गते जारी आदेश

विश्व महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रण सरकार एक्लैको प्रयासले मात्रै सम्भव छैन, यसका लागि प्रत्येक नागरिक सचेत र सजग हुन उत्तिकै जरुरी हुन्छ । पछिल्लो समय उदाहरणीय बन्नुपर्ने राजनीतिक दलहरू नै भीड बटुल्नेतिर अग्रसर भएसँगै सर्वसाधारणेसमेत त्यही सिको गर्न थालेपछि सरकारद्वारा जारी आदेशहरूको कार्यान्वयनमा केही कठिनाइ जस्तो उत्पन्न भएको देखिन्छ ।

यसर्थ सबै पक्षहरू उत्तिकै संयम र अनुशासित भई दिनु नै अन्तिम विकल्प हो । चाँडबाँडको बेला त अझ बढी भिडभाड हुने भएकोले सोही अनुसार सरकारले रणनीति बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस