२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस महाधिवेशन : काठमाडौँ महानगरमा रञ्जित र शाक्यको प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगरपालिकाको नेतृत्व भोलि (शनिबार) चयन हुँदै छ। नेतृत्वका लागि संस्थापन समूह र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

संस्थापन समूहबाट प्रगतिमान रञ्जित मैदानमा छन् भने संस्थापन इतर समूहबाट नीलकाजी शाक्य मैदानमा उत्रिदैं छन्। १५ वर्षसम्म काठमाडौँ महानगरमा काँग्रेसले नयाँ नेतृत्व पाउन सकेको थिएन। यस पटक नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको हो।

काँग्रेसले ११ औँ महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डङ्गोलको कार्यकाल पछि नै नयाँ नेतृत्व पाउन सकेको थिएन। १२ औँ र १३औँ मा पनि महाधिवेशनमा नेतृत्व आउन सकेको थिएन।

काठमाडौँ काँग्रेसमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितलाई काँग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला समूह नजिकैका भनेर चिन्ने गरिन्छ। उनलाई भिमसेन दास प्रधानको सहयोग छ। संस्थापन इतर समूहबाट उम्मेदवार बनेका शाक्यलाई नेता प्रकाशमान सिंह लगायत काठमाडौँका सभापति लगायतको सहयोग छ।

काठमाडौँमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितको पक्षमा सह महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यान गोविन्द रञ्जित र अम्बिका बस्नेतसमेत माहौल बनाउन खटिएका छन्। उनलाई काठमाडौँ जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको समेत समर्थन छ।

संस्थापन समूहबाट काठमाडौँ महानगरका लागि उम्मेदवार बनेका रञ्जितले आफू काठमाडौँ महानगरमा स्थापित पुराना नेता तथा नयाँ सहकर्मी सँगै मैदानमा उत्रिएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसको गतिलाई काठमाडौँमय बनाउने मुद्दा अघि सारेका छन्।

नेपाल तरुण दलको काठमाडौँ महानगरको संस्थापक सभापति रञ्जित पार्टीको क्षेत्र नम्बर ६ को पूर्व सचिवसमेत हुन्। उनी काठमाडौँ काँग्रेसको आमन्त्रित सदस्य पनि भइसकेका छन्।

संस्थापन इतर समूहबाट काठमाडौँ महानगरको नेतृत्वका लागि मैदानमा उत्रिएका शाक्यले आफू सभापतिमा जितेपश्चात् महानगरका सबै वडामा काँग्रेसको नेतृत्व आउने दाबी गरेका छन्। काँग्रेस काठमाडौँमा बलियो भयो भने अन्त स्वतः बलियो हुने बताउँदै उनले भने, ‘महानगरका गल्ली गल्ली काँग्रेसमय बनाउँछु।’

उनी हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २५ का निर्वाचित वडा अध्यक्ष हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक यूथ क्याम्पसको स्ववियू सभापति बनेका थिए। शाक्य नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य भएर पनि नेतृत्व लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस