२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ज्येष्ठ नागरिकको आर्थिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान’

अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उनीहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात् गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताए ।

जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्त्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवा सुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवर्द्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठुलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवर्द्धन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस