२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध गराउन आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आउँदो दसैँ अगावै आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणको बहाना बनाइ विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य तत्काल रोक्न महासङ्घले अनुरोध गरेको छ ।

‘पटक पटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद र दबाब दिँदा समेत बेवास्ता गर्नाका साथै समस्या समाधानप्रति गम्भीर नबन्दा श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन्’, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारका अगाडि आन्दोलन मात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासङ्घले केन्द्र, प्रदेश र शाखामार्फत श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्ष अघि बढाउने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

सम्पूर्ण शाखा, एशोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित सङ्घर्षका विविध कार्यक्रम अघि बढाउनसमेत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दसैँ सम्मुख आइपुग्दासम्म श्रमजीवी पत्रकार एकातिर कोरोनाको कहर र अर्कोतिर तलबविहीन बन्नुपर्दाको पीडाले आक्रान्त छन्, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराइ पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन, सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’’

विभिन्न सञ्चार गृहका पीडित पत्रकारले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति महासङ्घले समर्थन र ऐक्यबद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हकहितका लागि हुने सबै प्रकारका आन्दोलनमा सहभागी हुने स्पष्ट पारेको छ ।

पीडित पत्रकारले अघि बढाएका मागको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाइ हुन नसकेकोमा खेद व्यक्त गर्दै महासङ्घले समयमै ती समस्याको सुनुवाइ नभए असोज १७ गतेपछि सङ्घर्षका थप कार्यक्रम अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस