काठमाडौँ । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एक दिन पर सारिएको छ ।
संसद् सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।
सङ्घीय संसद्का महासचिव डा।भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ :०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
संसदमा नेकपा एमालेले सङ्घीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पूर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ।